मिलानलाई पाँच अंकको अग्रता

२०७८ फागुन २९ गते ७:४२

काठमाडौं ।इम्पोलीविरुद्ध १-० अन्तरको जितसंगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ ।
शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर