लोसपाका जिल्ला अध्यक्षसहित धादिङको सिंगो कार्य समिति राप्रपा नेपालमा समाहित – Nepal Press

लोसपाका जिल्ला अध्यक्षसहित धादिङको सिंगो कार्य समिति राप्रपा नेपालमा समाहित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का धादिङ जिल्ला अध्यक्ष नोरमान तामाङ, केन्द्रीय सदस्य निरवहादुर श्रेष्ठसहित जिल्ला कार्य समितिको सिंगो टिम राप्रपा नेपालमा समाहित भएको छ ।
शनिवार आयोजित एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले धादिङको सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।
थापाले राप्रपा नेपाल हिन्दू राज्यको एजेण्डा बोक्ने वास्तविक पार्टी भएकाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि अघि बढ्न आग्रह गरेका थिए ।
राप्रपाबाट बाहिरिएपछि कमल थापाले राप्रपा नेपालको संगठन विस्तारलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर