जसपाको संघीय परिषद् बैठक आज बस्दै – Nepal Press

जसपाको संघीय परिषद् बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्को बैठक आज काठमाडौंमा बस्दैछ ।

आज दिउँसो थापागाउँस्थित बानेश्वर बैङ्कटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।

संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ । केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, बिधान सम्मेलन लगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर