प्रदेश १ को नाम ‘कोसी’ राख्ने मामिलामा केपी ओली र माधव नेपाल एकै ठाँउ ! – Nepal Press

प्रदेश १ को नाम ‘कोसी’ राख्ने मामिलामा केपी ओली र माधव नेपाल एकै ठाँउ !

इटहरी । प्रदेश १ को नाम कोसी प्रदेश राख्ने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको मत मिलेको छ ।

प्रदेश १ मा आयोजना भएको कार्यक्रममा नेकपा (एमाले)अध्यक्ष ओलीले प्रदेश १ को नाम कोसी नै प्रस्ताव गरेका थिए । दुई वर्ष अगाडि इटहरीमा माधव नेपालले प्रस्ताव गरेकै नाम प्रस्ताव गर्दै ओलीले कोसी प्रदेशको नाम आफ्नो गृहजिल्ला झापाको बिर्तामोड पुगेर उद्घोष गरे । गत शनिबार प्रेस चौतारी नेपालको प्रदेश १ को प्रथम अधिवेशसमा ओलीले यस्तो उद्घोष गरेका थिए ।

उनले कोसी प्रदेशको नाम उपयुक्त भएको भन्दै भनेका थिए, ‘कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।’ कोसी प्रदेश हुनुपर्ने तर्क गर्दै अ‍ोलीले अगाडि थपेका थिए, ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जाजजाति पछि आएका हुन् । जातिय पहिचानको आधार भन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ ।’

तत्कालिन नेकपा सरकार हुँदा २०७६ कात्तिक १० गते इटहरी नगर कमिटिले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आएका नेपालले प्रदेश १ को नाम कोसी प्रदेश हुनुपर्ने बताएका थिए । प्रदेश १ को नाम कोसी प्रदेश प्रस्ताव गर्दै उनले भनेका थिए, ‘तुरुन्तै भनिदिनुस् कोसी प्रदेश । यो प्रदेश नम्बर १ के हो चाला? एउटा निर्णय गर्न नसक्ने हामीभन्दा हुतिहारा को होला?’

नेकपा सरकार हुँदा केपी शर्मा ओली निकट मुख्यमन्त्रीले प्रदेश १ को नाम कोसी प्रदेश राख्न नसकेकोमा हुतिहारा भनेका माधव नेपालकै पार्टीका मुख्यमन्त्री छन् अहिले प्रदेश १ मा ।

केपी ओली जस्तै कोसी प्रदेश हुनुपर्ने तर्क केपी ओलीकै गृहनगरमा पुगेर प्रदेश १ को सत्ताधारी दल नेकपा एकका अध्यक्ष माधव नेपालले दोहोर्याएका थिए । दुई वर्ष अगाडि इटहरीमा बोलेको जस्तो सिधै कोसी प्रदेश राख्न नभने पनि प्रदेश १ को नाम राख्ने सर्तमा ओलीको गृहनगर दमकमा गत मंसिर २० मा नेपाल खेलकुद महासंघ समाजवादीको कार्यक्रममा कोसी प्रदेश राख्नुपर्ने संकेत गरे ।

आफ्ना पार्टीका मुख्यमन्त्री राजेन्द्रलाई नामाकरण गर्न भन्दै नेपालले कार्यक्रममै भनेका थिए, ‘नाम अघि बढाँउदा सबैको भावनालाई समेट्नुपर्यो । संकृणताबाट मुक्त हुनुपर्यो । सिंगो देशलाई राम्रो सन्देश दिनुस् अरु प्रदेशले दिएको जस्तै ।’

प्रदेश २ को नामाकरण (माघ ३) हुनुभन्दा डेढ महिना अगाडि माधव नेपालले अरु प्रदेशले दिएको सन्देश जस्तै दिनुस् भनेर नामाकरण जातिय पहिचानको आधारमा नभएर भौगोलिक पहिचानकै आधारमा कुरा गरेका थिए । त्यो नाम उनले दुई वर्ष अगाडि इटहरीमा बोलेको कोसी प्रदेश नै हो ।

प्रदेश सभा बनेको पाँच वर्ष लाग्दासम्म प्रदेश १ को नामाकरण हुन सकेको छैन । प्रदेश १ अहिले नेपालको एक्लो बेनामे प्रदेश हो । प्रदेशले तीन पार्टी एमाले, नेकपा र नेकपा एक०का तीन मुख्यमन्त्री पाँउदा पनि नामाकरण हुन सकेको छैन । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका संरचनाहरु इटहरी, सुन्दरहरैचा र विराटनगर आसपास‘ हुनेगरि स्थायी राजधानी विराटनगर २०७६ बैशाख २३ गते नै तय भएको थियो ।  प्रदेशकाे नाम भने अझै तय हुन सकेको छैन ।

२०७४ माघ २४ गते प्रथम प्रदेश सभा बैठक बसेको थियो । त्यसपछि प्रदेशसभाले अहिलेसम्म नामाकरणको विषयलाई टुंगो पुर्याउन सकेको छैन । प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य हुनुपर्नेमा नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित सांसद टंक आङ्बोहाङ पार्टीबाट बर्खास्त भएपछि पद रिक्त हुँदा ९२ संख्या पुगेको छ ।

जसमा नेकपा एमालेका ४१ सांसद छन् भने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल एस, जसपाका क्रमशः २१, १५ र १० सांसद छन् । यस्तै जसपाका ३, राप्रपाका १ र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका १ सांसद छन् । हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचमा बहुमत प्रदेश सांसद गरेका छन् ।

नामाकरणको लागी भने दुई तिहाई सांसदको आवश्यकता पर्छ । नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नामाकरणमा दुई तिहाई अनिवार्य गरेको छ । प्रदेश १ को प्रदेशसभाको कायम संख्या ९२ को दुई तिहाई पुग्न नेकपाा (एमाले) र सत्ता गठबन्धन जोड्दा मात्रै पुग्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर