युट्युवलाई नियन्त्रण गर्न होइन, व्यवस्थित गर्न खोजिएको हो : सञ्चारमन्त्री (भिडिओ) – Nepal Press

युट्युवलाई नियन्त्रण गर्न होइन, व्यवस्थित गर्न खोजिएको हो : सञ्चारमन्त्री (भिडिओ)

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई नियन्त्रण गर्न नभइ व्यवस्थित गर्न नयाँ नियम ल्याइएको बताएका छन् ।

शुक्रबार मन्त्रिरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए।

‘यसलाई नियन्त्रण गर्न होइन युवा नियमन र व्यवस्थित गर्नका निमित्त यो नियम कार्यन्वयन गर्छौं,’ सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘यो नियम लागू भएपछि अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित र समृद्ध बनाउन सहयोग गर्ने छ ।’

युट्युव संचालनका लागि तोकिएको शुल्कबारे भने छलफल गर्न तयार रहेको मन्त्री कार्कीले बताए। उनले भने, ‘पाँच लाख रकमबारे हामी छलफल गर्न सक्छौं तर यो बाटोमा नगइ हामी प्रेस जगतलाई सभ्य र मर्यादित बनाउन सक्दैनौं ।’


प्रतिक्रिया

One thought on “युट्युवलाई नियन्त्रण गर्न होइन, व्यवस्थित गर्न खोजिएको हो : सञ्चारमन्त्री (भिडिओ)

  1. यहि काम ओलिकाे पालामा भएकाे भए दलालहरू प्रेसकाे घाँटी निमठ्याे भनेर चिच्याउथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर