नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त गर्ने सरकारको निर्णय – Nepal Press

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा विरेन्द्रनगर सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सिफारिस भएका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए ।  यस्तै उनी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्ष पनि हुन् ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले पहिलो नम्बरमा भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, दोस्रो नम्बरमा आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र तेसो नम्बरमा थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक हुन् । यस्तै दोस्रो नम्बरमा सिफारिस भएका सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी प्राधिकरणबाटै सहसचिवबाटै अनिवार्य अवकाशमा गएका थिए ।

निगमकाे कार्यकारी निर्देशकका लागि आवेदन दिएका १६ जनामध्ये प्रतिष्पर्धामा सहभागी १५ आवेदकमधै सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको थियो ।


प्रतिक्रिया

One thought on “नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त गर्ने सरकारको निर्णय

  1. ईन्जिनियरलाई आयल निगम ? हुन त काँग्रेस हुनु नै ठूलाे याेग्यता हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर