माधुरी दीक्षित भन्छिन् – म सानो छँदा हिरोइनजस्तो थिइनँ – Nepal Press

माधुरी दीक्षित भन्छिन् – म सानो छँदा हिरोइनजस्तो थिइनँ

मुम्बई । बलिउडकी चर्चीत अभिनेत्री माधुरी दीक्षितले फिल्म क्षेत्रमा प्रवेश गर्न लाग्दा आफूलाई मानिसहरूले भनेका कुराको खुलासा गरेकी छिन् ।

माधुरीले एक अन्तरवार्तामा भनिन्, ‘धेरै मानिसहरुले मलाई हिरोइन जस्तो लाग्दैन भन्थे ।’ यद्यपि, उनी बलिउडको सबैभन्दा सफल महिला कलाकार बनिन् । उनका धेरै फिल्महरु हिट भए ।

माधुरीले भनिन्, ‘त्यतिबेला म सानै थिएँ  मानिसहरूले म हिरोइन जस्तो लाग्दैन भन्थे । म मराठी समुदायबाट आएको थिएँ त्यस समय निकै सानी थिए । मैले धेरै चिजकोे सामना गर्नपर्यो । त्यसबेला हिरोइनलाई हेर्ने मानिसको धारणा नै फरक थियो । मेरी आमा धेरै सहासी महिला हुनुहुन्थ्यो, उनले मलाई भनिन् यदि तिमीले राम्रो काम गर्छौ भने अवश्य पहिचान पाउने छौं । म सधैं उनको सल्लाह मान्थे ।’

माधुरीलाई बलिउडकी धक–धक गर्लको नामले पनि चिनिने गरेको छ । उनले सन् १९८४ मा फिल्म ‘अबोध’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् ।

पछि सन् १९८८ मा रिलिज भएको फिल्म ‘तेजाब’ पछि उनलाई सफलता मिल्यो । जसमा उनको साथमा अभिनेता अनिल कपूर पनि मुख्य भूमिकामा थिए।

पछि उनी ‘दिल तो पागल है’, ‘देवदास’, ‘कोयला’, ‘अंजाम’, ‘हम आपके है कौन’, ‘साजन’, ‘हम तुम्हारे हैं सनम’, ‘दिल तेरा आशिक’ जस्ता धेरै फिल्महरूमा देखा परिन्।

माधुरी दीक्षितले हालै ‘द फेम गेम’ मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेकी छन् । आठ एपिसोडको यो शृङ्खलामा माधुरी धेरै समय पछि फिल्ममा देखिएकी छिन् । यो सिरिज श्री रावले निर्माण गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर