फास्ट ट्रयाक निर्माण छिटो सक्न प्रधानसेनापतिको निर्देशन – Nepal Press

फास्ट ट्रयाक निर्माण छिटो सक्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माण छिटो सक्न निर्देशन दिएको छन् । प्रधानसेनापति शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षणपछि निर्धारित समयमै काम सक्न निर्देशन दिएका हुन् ।

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएको जंगीअड्डाले जनाएको छ ।

निर्माणाधीन महादेवटार सुरुङखण्ड (प्याकेज १) र लेनडाँडा, धेद्रे सुरुङखण्ड (प्याकेज २)को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *