एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, यसरी लिन सकिन्छ सस्तोमा प्याक – Nepal Press

एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, यसरी लिन सकिन्छ सस्तोमा प्याक

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक अल नेपाल भ्वाइस प्याक अफर संचालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । आजबाट सञ्चालनमा आएको सो सेवा ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँ शुल्कमा विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् । यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।

ग्राहकले १ दिन समयावधि रहेको अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् । भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ मा सुचारु गर्न सक्छन् । त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ ।

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् ।

अलि धेरै समयसीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सकिने कम्पनीले बताएको छ । यसका साथै ग्राहकका लागि २८ दिन समय रहेको दुई वटा अन्य प्याकहरु पनि छन् । जसअन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर