दोस्रो जाहेरीबारे बयान लिन शाहलाई गैंडाकोट लगियो – Nepal Press

दोस्रो जाहेरीबारे बयान लिन शाहलाई गैंडाकोट लगियो

काठमाडौं । जबरजस्ति करणीको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई तनहुँबाट नवलपरासीको गैंडाकोट लगिएको छ ।

गैंडाकोटमा पनि उनीविरुद्ध नाबालिग गायिकाले उस्तै प्रकृतिको जाहेरी दिएकी थिइन् ।

बारदात भएको दोस्रो स्थान गैंडाकोट भएकाले उनलाई त्यहाँ पनि जाहेरी दिइएको थियो ।

इलाका प्रहरी कार्यालयले अभिनेता शाहको प्रारम्भिक बयान लिने बताइएको छ । शाहको मुद्दा भने जिल्ला अदालत तनहुँमा दर्ता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर