सेञ्चुरी बैंकद्धारा १ लाख सहयोग – Nepal Press

सेञ्चुरी बैंकद्धारा १ लाख सहयोग

काठमाडौं । सेञ्चुरी बैंकले जेष्ठ नागरिक सेवा केन्द्र र सीसीटीभी जडान समितिलाई सहयोग गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद १ लाख आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले सीसीटीभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाइ  हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणंको पनि उपस्थीती थियो ।

साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग गरेको छ । काभ्रे धुलिखेलको केन्द्रलाई एक दर्जन कुर्सी, दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको हो । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर