टिकट र भिसाबिना जहाजसम्मै मानिस पुगेको घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री खाणलाई – Nepal Press

टिकट र भिसाबिना जहाजसम्मै मानिस पुगेको घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री खाणलाई

काठमाडौं । टिकट र भिसाबिना नै विमानसम्म पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाडलाई प्रतिवेदन बुझाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएका व्यक्ति पुगेको घटनाको छानबिन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा समिति बनाइएको थियो ।

समे समितिले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि त्यहाँको सुरक्षा व्यवस्थापनबारे चर्को आलोचना भएको थियो ।

गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए। ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाणले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’

विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै उनले त्यो घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो र ? पर्यटन र अर्थ मन्त्रालयसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले बताए ।

अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पु¥याएर लिएको जानकारी तथा सिसिटिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर