बालिका बलात्कार आरोपमा शाही पक्राउ – Nepal Press

बालिका बलात्कार आरोपमा शाही पक्राउ

सुर्खेत । दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डा बिन्द्रासैनी नगरपालिका–४ बस्ने २४ वर्षीय नविन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नविनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी तत्काल पुगेर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नविनलाई हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *