हमाल मृत्यु प्रकरण : प्रशासनले बनायो छानबिन समिति – Nepal Press

हमाल मृत्यु प्रकरण : प्रशासनले बनायो छानबिन समिति

सुर्खेत । कालिकोटको तिलागुफाका स्थानीय कृष्ण हमाल (मिनि) को सुर्खेतमा भएको मृत्युको घटनामा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले समिति गठन गरेको छ ।

नेपालगञ्जबाट सर्खेत ट्रकमा सवार उनका प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप आफन्त लगाइरहेका बेला प्रशासन समिति बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायहरुको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्य रहेको समिति बनाको छ ।

समितिलाई घटनाको सत्यतथ्य छानबिनगरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

छानबिन समितिले तिन दिन भित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने, छानविन समितिले पेश गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारवाही अगाडी बढाउने र छानविनको कामलाई सहज बनाउनका लागि बिरोधका कार्यक्रम नगर्ने र पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रशासनले घटनालाई लिएर जिल्लामा हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न पनि भनेको छ । प्रशासनले आफन्तहरुलाई पनि छानबिनको वातावरण बनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर