बाँके कांग्रेस सभापतिमा इतर समूहका गौडेल निर्वाचित – Nepal Press

बाँके कांग्रेस सभापतिमा इतर समूहका गौडेल निर्वाचित

रुपन्देही । नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन इतर समूहका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् ।

उनी आज दोस्रो राउण्डको मतदानमा संस्थापन पक्षका उम्मेदवार बादसाह कुर्मीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । पराजित कुर्मी संविधानसभा सदस्य समेत रहेका हुन् ।

निर्वाचन समितिका अनुसार गौडेलले ७ सय ६० मत ल्याएका छन् भने कुर्मीले ६ सय ६३ मत ल्याए ।

पहिलो चरणको निर्वाचनमा तेस्रो भएका संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र हमालले दोस्रो चरणमा कोइराला समूहका गौडेललाई समर्थन गरेका थिए । हमाल लुम्बिनी प्रदेश सरकारमा बन्न मन्त्री समेत रहेका छन् ।

आएको १४ औं जिल्ला अधिवेशन अन्तर्गत बाँकेको सभापतिका लागि सुरुमा चार जनाले उम्मेदवारी दिएका थिए ।

इतर समूहबाट नारायणप्रसाद गौडेल र संस्थापन समूहबाट सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएकोमा राणाले अन्तिम समयम फिर्ता लिएका थिए । बाँकेमा यसअघि पनि इतर समूहकै नेतृत्व रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर