शिवरात्री मेलामा दुई गाउँका युवाबीच भएको झगडा छुट्याउन पुगेका व्यक्तिको छुरा हानी हत्या – Nepal Press

शिवरात्री मेलामा दुई गाउँका युवाबीच भएको झगडा छुट्याउन पुगेका व्यक्तिको छुरा हानी हत्या

काठमाडौं । कास्कीको ग्रामिण क्षेत्रमा पर्ने मौजामा शिवरात्रीको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा दुई गाउँका युवाबीच भएको झगडा मिलाउन पुगेका एक व्यक्तिको छुरा हानी हत्या भएको छ।

पोखरा महानगरपालिका-२० लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरुङको हत्या भएको हो । गुरुङमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका गुरुङलाई मणिपाल अस्पताल पुर्‍याउँदै गर्दा बाटामै मृत्यु भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार राती मौजामा लामडाँडा र लामाखेतका युवाबीच झगडा भएको थियो । एकपटक झगडा भएर मिलेपनि केही युवा फेरी आक्रामक भएर जाई लागेको प्रहरीले जनाएको छ ।

‘त्यतिबेला छुट्याउन पुगेका चोकेन्द्रलाई छातिको भागमा चक्कु प्रहार भएको रहेछु’, डीएसपी तिवारीले भने ।

शिवरात्रीको अवसरमा स्थानीय क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रम भइरहेका बेला सामान्य विषयमा झगडा सुरु भएको प्रहरीको भनाई छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा २९ वर्षीय प्रकाश गुरुङ, २५ वर्षीय निशान गुरुङ र ३० वर्षीय प्रिमस गुरुङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रकाशले निशानको झोलामा बोकिरहेको चक्कु निकालेर चोकेन्द्रलाई प्रहार गरेका थिए ।

‘पोखराबाट ४५ किलोमिटरको दुरीमा उक्त ठाउँ रहेपनि हामीले उनिहरु भाग्न सक्ने सम्भावित ठाउँहरुबाट छेकेर पक्राउ गर्न सफल भयौँ’, तिवारीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर