पीडितको गोपनियता र प्रहरीको अनुसन्धान प्रभावित हुने सामग्री सामाजिक सञ्जालमा नराख्न साइबर व्यूरोको चेतावनी – Nepal Press

पीडितको गोपनियता र प्रहरीको अनुसन्धान प्रभावित हुने सामग्री सामाजिक सञ्जालमा नराख्न साइबर व्यूरोको चेतावनी

काठमाडौं । पल शाहको जबर्जस्ती करणी प्रकरणमा पीडितबारे नकारात्मक सामग्रीहरु अत्याधिक आउन थालेपछि नेपाल प्रहरीको साइबर व्यूरोले मुख खोलेको छ ।

एक विज्ञप्ती जारी गर्दै व्यूरोले सामाजिक सञ्जालमा यस्ता सामग्री प्रकाशन गर्नेविरुद्ध कारवाही गर्ने चेतावनी दिएको हो ।

आरोपीको पक्षमा लगातार प्रदर्शन र पीडितलाई जोडेर विभिन्न सामग्रीहरु प्रकाशित भइरहेको सन्दर्भमा व्यूरोले त्यसो नगर्न सचेत गराएको हो ।

युट्युब तथा टिकटकमा गम्भिर प्रकृतीको अपराध अनुसन्धानमा समेत प्रभावित पार्ने उदेश्यले भ्रामक एवम् झुट्टा क्याप्सनहरु राखेर समाजमा उत्तेजना र अफवाह फैलाउने, समाजिक सद्भावमा खलल पुर्‍याउने, पिडितको गोपनियताको हक हनन् गर्ने र सामाजिक र मानसिक स्वास्थ्यलाई समेत नकारात्मक प्रभाव पार्ने काम भइरहेको व्यूरोले जनाएको छ।


प्रतिक्रिया

One thought on “पीडितको गोपनियता र प्रहरीको अनुसन्धान प्रभावित हुने सामग्री सामाजिक सञ्जालमा नराख्न साइबर व्यूरोको चेतावनी

  1. हो सर यस्तो काम मलाई पनि मन परेको छैन । येस्तो अबस्थामा पीडित लाई हौसला माया उतप्रेरणा दिने ठाँउमा झन पीडितलाई पिडा दिने काम भाको छ यो बन्द गर्नमा मेरो सहभागिता पनि रहेको छ🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर