कर्मचारी युनियनको खुल्ला सचिवमा उम्मेदवारी दिने केन्द्रीय सदस्य शर्माको घोषणा – Nepal Press

कर्मचारी युनियनको खुल्ला सचिवमा उम्मेदवारी दिने केन्द्रीय सदस्य शर्माको घोषणा

काठमाडौं । नेपाली काग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य दिवाकर शर्माले खुल्ला सचिवको उम्मेदवारी दिने घोषणा गरेका छन् । युनियनका केन्द्रीय सदस्यसमेत रहेका लमजुङको राइनास नगरपालिका ६ स्थायी घर भएका शर्माले अधिवेशन आउनु केहि दिन मात्र बाँकी रहदाँ उम्मदेवारी घोषणा गरेका हुन् ।

संघीय निजामती सेवा ऐन तुरुन्त ल्याउन पहल गर्ने, ऐनमार्फत कर्मचारीको हकहित वृति विकासको सुनिश्चितता गर्ने, सबै तहमा सामुहिक सौदावाजी सहितको ट्रेड युनियन अधिकारका लागि लड्ने, आगामी आधिकारीक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई प्रथम स्थान ल्याउन पहल गर्ने शर्माका प्रमुख एजेण्डा रहेका छन् ।

यस्तै पूर्वानुमानयोग्य वृति विकास, सरुवा प्रणाली सुनिश्चित गर्ने, अवधि पुगेपछि स्थानीय तह प्रदेश र संघमा सरुवा गर्नुपर्ने व्यवस्थाका लागि पहल गर्ने, स्थानीय तहको वरिष्ठ व्यक्ति जुनसुकै सेवाको भए पनि प्रशासकीय प्रमुखको जिम्मा दिनुपर्ने, कनिष्ठले प्रशासन चलाउने प्रथाको अन्त्य गर्ने र युनियनको संस्थागत विकास गर्नेलगायत एजेण्डा रहेका छन् ।

शिक्षक सेवा आयोगमा कार्यरत रहेका शाखा अधिकृत शर्मा २०५१ भदौ देखि नेपालको निजामती सेवामा प्रवेश गरेका हुन् । निजामती सेवामा प्रवेश गरेपछि २०५३ सालमा गोरखा जिल्लाको सचिवबाट युनियनमा सक्रिय हुदैँ आएका छन् । त्यसपछि शर्मा २०५७ मा युनियनको बागलुङ जिल्ला सल्लाहकार भएर काम गरेका शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुइ कार्यकाल युनियनको विभागिय सचिव र २०६७ देखि २०७३ सम्म विभागीय अध्यक्ष भएर पनि काम गरिसकेका छन् भने २०७३ सालदेखि अहिलेसम्म युनियनको केन्द्रीय सदस्यको भूमिकामा छन् ।

शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विभागीय अध्यक्ष रहदाँ युनियनको केन्द्रीय समितिबाट उत्कृष्ट योगदान गरेबाफत २०६९ र २०७१ मा गरेर युनियनको रजत महोत्सवको अवसरमा दुई पटक पुरस्कृत भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *