स्थानीय तह निर्वाचनका लागि सरकारले आयोगलाई दिने भयो ८ अर्ब ११ करोड बजेट – Nepal Press

स्थानीय तह निर्वाचनका लागि सरकारले आयोगलाई दिने भयो ८ अर्ब ११ करोड बजेट

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको छ ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो ।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन मिति तय भइसकेको छ ।

मतदातासम्बन्धी विवाददेखि त्रुटि सच्याउनेसम्मका कार्य २० देखि २६ फागुनसम्म चल्ने जानकारी दिएको आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको बताएको छ ।

आयोगकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर