विप्लवले भेटे भीम रावल – Nepal Press

विप्लवले भेटे भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र एमाले नेता भीम रावलबीच भेटवार्ता भएको छ । एमसीसीविरोधी नेताहरूलाई भेटिरहेका विप्लवले आज रावललाई पनि भेटेका हुन् ।

रावलसँग एमसीसी अनुमोदनपछिको राजनीतिक परिस्थितिबारे छलफल भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताए ।

विप्लवले यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवाललगायतलाई भेटिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर