धनगढी मेयरमा हमाल र वडाध्यक्षमा ४ जनाले गरे स्वतन्त्र उम्मेदवारी घोषणा – Nepal Press

धनगढी मेयरमा हमाल र वडाध्यक्षमा ४ जनाले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

कैलाली । आसन्न स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

आज धनगढीमा एक कार्यक्रम आयोजना गर्दै उनले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए । घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले पनि सहभागी थिए ।

‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रूपैयाँ पनि लिन्न,’ घोषणा सभामा हमालले भने, ‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दिनँ । मेयरले पाउने कुनै लाभ लिँदिनँ ।’

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र लडेका हमाल काङ्ग्रेसका उम्मेदवार नृप वडसँग २ हजार ८ सय १५ मतले पराजित भएका थिए ।

मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए ।

चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले केही दिनअघि मात्र राजीनामा दिएका छन् ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पदमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर