भूपू ब्रिटिश गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न सरकारले बनायो प्रतिनिधिमण्डल – Nepal Press

भूपू ब्रिटिश गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न सरकारले बनायो प्रतिनिधिमण्डल

काठमाडौं । सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागहरुका बारेमा बेलायत सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय आज बसेको मन्त्रीपरिषद बैठकले गरेको हो ।

बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो सेवा-सुविधालाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।

मन्त्रीपरिषद बैठकले नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिको सदस्यमा दुर्गाप्रसाद भट्टराई, प्रा.डा. कुसुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर