जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एमाले सांसदमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप – Nepal Press

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एमाले सांसदमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

रुपन्देही । जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरि अनुसन्धान अगाडि बताइएको जनाएको छ ।

माघ २७ गते जिल्ला प्रहरी बाँकेमा बानियाविरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी परेसँगै प्रहरीको सूचीमा बेपत्ता रहेका थिए ।

५ दिनअघि प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमा रहेका बानिया मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखेको प्रहरीको भनाइ छ ।

सांसद बानियाले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

त्यसपछि सांसद बानियाविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पीडित महिलाले सांसद बानियाले दिनुपर्ने २५ लाखको चेक रकम दिन भनेर होटलमा बोलाएर राखेर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

सांसद बानियाले भने आफूलाई फसाउन फरक राजनीतिक समूहले गलत आरोप लगाएको बताउँदै आएका छन् । अनुसन्धानमा आफू दोषि भेटिए कारवाही भोग्न तयार रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर