युवा संघ भोजपुरले पूर्णता पायो, विमलको नेतृत्वमा १७१ सदस्यीय कमिटी – Nepal Press

युवा संघ भोजपुरले पूर्णता पायो, विमलको नेतृत्वमा १७१ सदस्यीय कमिटी

भोजपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको भोजपुर कमिटीले पूर्णता पाएको छ ।

सोमबार सदरमुकाममा आयोजित जनसंगठनहरूको भेलाबाट विमल रणपहेली नेतृत्वको संघलाई १७१ सदस्यीय अधिवेशन आयोजक कमिटी बनाएर पूर्णता दिइएको हो ।

युवा संघको उपाध्यक्षमा उत्तरराज खड्का, सचिवमा रविन थापा, उपसचिवहरू मन्दीप राई, सिर्जना राई र सरो चाम्लिङ छन् । कोषाध्यक्षमा ईश्वरकुमार दंगाल चुनिएका छन् ।

भेलामा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर राई, अध्यक्ष शरणकुमार राईलगायतको उपस्थिति थियो । अध्यक्ष राईले एमालेमा चौतर्फीरूपमा भइरहेको प्रहारको सामना गर्दै पार्टीलाई जनतामाझ स्थापित गर्दै आउँदो चुनावमा एक नम्बर बनाउँन युवा पंक्तिलाई निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर