वीरेन्द्रनगर तनावग्रस्तः ८ प्रहरी घाइते, २३ प्रदर्शनकारी नियन्त्रणमा – Nepal Press

वीरेन्द्रनगर तनावग्रस्तः ८ प्रहरी घाइते, २३ प्रदर्शनकारी नियन्त्रणमा

सुर्खेत । एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा ८ प्रहरी घाइते भएका छन् ।

प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो । हिजो बन्दकर्ताले सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफेड गरेका थिए ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर