शिवरात्रिको पूर्वसन्ध्यामा झकिझकाउ पाशुपत क्षेत्र (तस्बिरहरू) – Nepal Press

शिवरात्रिको पूर्वसन्ध्यामा झकिझकाउ पाशुपत क्षेत्र (तस्बिरहरू)

काठमाडौं । शिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रको सिँगारपटार तीव्र पारिएको छ । शिवरात्रिको तयारीस्वरूप पशुपतिनाथ मन्दिर मुलद्वार बाहिर र आसपास रङ्गीचङ्गी फूलमाला र बिजुलीले झकिझकाउ पारिएको हो ।

पशुपति वरपरको रौनक हेर्न सयौं सर्वसाधारण त्यहाँ पुगेका छन् । युवा-युवतीहरू सेल्फीमा व्यस्त देखिन्छन् । साधुसन्तले आफ्नो स्थान कब्जा जमाइसकेका छन् ।

महाशिवरात्रिको समग्र व्यवस्थापनलाई ध्यान दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष प्रेम आलेको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मन्त्री आलेले भक्तजनलाई सहज र सरलरूपमा दर्शन गराउने वातावरण बनाउन निर्देशन दिइसकेका छन् ।

यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा सवा करोड खर्च हुने अनुमानसहितको विवरण पशुपति क्षेत्र विकास कोषले केही समयअघि सार्वजनिक गरेको थियो । भारतबाट आउने साधुहरूको दानदक्षिणा, मन्दिर सजावटलगायतमा सो रकम खर्च हुने कोषले जनाएको छ ।

भक्तजनको आकर्षणका लागि पशुपतिका भित्तामा शिव-पार्वतीलगायतका भगवान्को चित्र बनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *