सिक्किमको उदाहरण दिँदै लिङ्देन भन्छन्- स्थायित्वका लागि नेपालमा राजसंस्था र हिन्दूराष्ट्र आवश्यक – Nepal Press

सिक्किमको उदाहरण दिँदै लिङ्देन भन्छन्- स्थायित्वका लागि नेपालमा राजसंस्था र हिन्दूराष्ट्र आवश्यक

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताएका छन् ।

कैलालीको घोडाघोडीमा आयोजित आमसभामा बोल्दै उनले नेपालबाट राजसंस्था हट्नु दुर्भाग्य भएको बताए ।

‘हामी राजसंस्था र हिन्दूराष्ट्रको कुरा गरिरहेका छौँ । नेपालको यो स्थायित्वको आधार हो’, उनले भने ।

उनले सिक्किमबाट राजसंस्था हटेपछि सिक्किम नै नरहेको भन्दै नेपालको अवस्था पनि त्यस्तै हुन सक्ने भन्दै सचेत हुन आग्रह गरे ।

उनले भने, ‘सिक्किममा राजसंस्था हटाइयो । राजसंस्थाको अन्त्य भएपछि सिक्किम समाप्त भयो । सिक्किमको जस्तै खतरातर्फ हाम्रो देश अघि बढेको छ ।’

हिन्दूराष्ट्र देशको पहिचान भएको उल्लेख गर्दै उनले भने, ‘यहाँ कुनै जात विशेषले अफ्ठ्यारो मान्नु पर्दैन । अरु कुनै धर्म र जातको मान्छेले उपेक्षित भएको महसुस गर्नु पर्दैन । राप्रपाको संविधानसभामा बहुमत भएको भए देश धर्म निरपेक्षतामा जाने थिएन ।’

देशमा भष्ट्राचार बढेको भन्दै २०४७ साल यताको सबै नेता र उच्च पदस्त कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि लिङ्देनले राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर