प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो – Nepal Press

प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको दाबी गरेकी हुन् ।

पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले भनेकी छन्– एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन। एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं ।

धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उनको भनाइ छ । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उनले भनेकी छन्, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’

उनले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताएकी छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो

  1. प्रचण्ड र माधवले भ्रष्टाचार गरे पनि , कसैलाई बलत्कार गरे पनि त्याे प्रतिगमन विरूद्व हाे भन्छन् । केही झाेले हाे भन्छन् ।तर जनताले यी गद्दारलाई अब छाेडदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर