व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी अगाडि बढ्दैन : गगन थापा (भिडिओ) – Nepal Press

व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी अगाडि बढ्दैन : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।

व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्ने र नमाने सम्झौता अगाडि नबढ्ने बताए ।

‘व्याख्यात्मक घोषणा यहाँ छलफल होस्,’ संसदको छलफलमा थापाले भने, ‘त्यसमाथि छलफल गरेर पारित गरौं । त्यो पारित गरेपछि अमेरिकाले मान्छ कि मान्दैन ? मान्छ । मान्नुपर्छ । नमानेदेखि सन्धि अगाडि बढ्दैन ।’

थापाले भने, ‘किन ? हामीले यहाँबाट पारित गरिसकेपछि हाम्रो सन्धीसँग सँगै हाम्रो संसदले पारित गरेको व्याख्यात्मक घोषणा पनि संगसँगै जान्छ ।’

संविधानमा लेखिए भन्दा तलमाथि भए सम्झोता खारेज हुन्छ भन्ने संकल्प सबैले बोक्नुपर्ने थापाले बताए । उनले भने, ‘सन्धिमा लेखिएको भन्दा एउटा अक्षर पनि तलमाथि भयो भने त्यही क्षण सम्झौता खारेज हुन्छ भन्ने संकल्प हामीले बोक्नुपर्छ ।’

एमसीसी सम्झौता संविधानभन्दा माथि हुन्छ भनेर भनिएको भन्दै उनले त्यसलाई हावादारीको संज्ञा समेत दिए । ‘संविधानभन्दा माथि हुन्छ भनेका छौं,’ थापाले भने, ‘हावादारी कुरा गर्ने ? नेपालको संविधानभन्दा माथि केही हुन्छ ? केही साथीले भन्नुभयो- यो अनन्तकालसम्म लागू हुन्छ । यस्तो पनि हुन्छ ?’

नेपालको आन्तरिक स्रोत आन्तरिक खर्च धान्न समेत नसक्ने खालेका भएको भन्दै थापाले सबैबाट सहयोग लिनुपर्ने बताए । उनले भने, ‘हामीसँग जति स्रोत छ, त्यो आन्तरिक खर्च गर्न पुग्ने पनि छैन् । बाह्य सहयोग नलिकन बिकास सम्भव छैन् । संविधानले बनाएको नीति र परराष्ट्र  नीतिविपरीत नहुने गरी सबै छिमेकीबाट सहयोग लिनुपर्छ ।’


प्रतिक्रिया

One thought on “व्याख्यात्मक घोषणा अमेरिकाले नमाने एमसीसी अगाडि बढ्दैन : गगन थापा (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर