बाबुरामको कटाक्ष- व्याख्यात्मक टिप्पणी पातलो लँगौटीले लाज छोप्ने प्रयास (भिडिओ) – Nepal Press

बाबुरामको कटाक्ष- व्याख्यात्मक टिप्पणी पातलो लँगौटीले लाज छोप्ने प्रयास (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले एमसीसी सामान्य अनुदान भए पनि यसलाई अनावश्यकरूपमा कोट्याउँदै लगरेर विषाक्त बनाइएको बताएका छन् ।

आइतबार संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै भट्टराईले पहिले विषाक्त पार्नेहरू अहिले सहमतिमा आउनु सकारात्मक भएको बताए ।

‘एमसीसी समान्य अनुदान सम्झौता थियो,’ भट्टराईले भने, ‘कोट्याउँदै गर्दा यो क्यान्सरजस्तै बनेको छ । अहिले हामी पक्षमा बोल्न डराइरहेका छौं । गाउँ-गाउँसम्म विषाक्त बनाइएको छ ।’ अहिले व्याख्यात्मक घोषणा स्वीकार गर्नु लाजको लँगौटी ओडेर आउनु जस्तै भएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति समेत व्यंग्य गरे।

‘पहिले आफैंले विषाक्त बनाउनुभयो,’ उनले भने, ‘अहिले व्याख्यात्मक घोषणा भनेर लाजको लगौंटी ओडेर आउन खोज्नुभएको छ । ढिलै भए पनि यो सही छ ।’

राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रमुख प्रतिपक्षका सांसद विरोधमा उत्रिनु राम्रो नभएको भन्दै सदन खुलाउन लाग्नुपर्नेमा जोड दिए । भट्टराइले भने , ‘राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रमुख प्रतिपक्षका सांसद विरोधमा उत्रिनु राम्रो छैन । यस्तो अवस्थाको अन्यका लागि सरकार र सत्तारुढ दलले ध्यान दिनुपर्छ ।’

लामो समय जनताको सर्वोच्च निकाय संसद अवरुद्ध पार्नु गलत भएको भट्टराईले बताए । ‘जनताको सर्वोच्च मत जनताबाट निर्वाचित प्रतिनिधिमाफर्त संसदमा व्यक्त हुन्छ,’ उनले भने, ‘सदनभन्दा बाहिर यसलाई टालटुल गर्दै आएका छौं, यसबाट जनताको सार्वभौम अधिकार वञ्चित भएको छ । यसका लागि क्षमा माग्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर