एमाले सिन्धुपाल्चोक : संगठन सुदृढिकरण अभियानमा तिव्रता – Nepal Press

एमाले सिन्धुपाल्चोक : संगठन सुदृढिकरण अभियानमा तिव्रता

सिन्धुपाल्चाेक । नेकपा एमाले सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै सो पार्टीले संगठन सुदृढिकरणलाई तीव्रता दिएको छ ।

नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेको जिल्लास्थित नेताहरुले अहिले पार्टी र संगठनको सुदृढिकरण अभियानमा जुटेका हुन् ।

नेकपा एमाले सिन्धुपाल्चोकको फागुन ११ गते सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले पार्टीको एक महिने कार्ययोजना समेत बनाएर सुस्त गतिमा रहेको पार्टी अभियानलाई जनस्तरसम्म लैजाने निर्णय गरेको थियो ।

एमालेले अप्रत्यक्ष रुपमा सरकारले आगामी बैशाख ३० गते घोषणा गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर पार्टीको अभियान सुरु गरेको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

पार्टी जिल्ला कमिटी बैठक लगत्तै पालिका स्तरका बैठक, भेला, प्रशिक्षण र छलफल लाई आफुहरुुले तिव्रता दिएको अध्यक्ष नेपालले जानकारी दिए । जनवर्गीय संगठनहरुको भेला, प्रशिक्षण लगायतका गतिविधिहरु पनि एकै साथ सुरु गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।

शनिबार मात्रै एमालेको जिल्लाका विभिन्न पािलका र काठमाडौमा समेत कार्यक्रमहरु भएका छन् । बाह्रविसेमा एमाले निकट युवा संघ र अनेरास्ववियुको नव निर्वाचीत कमिटीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै राजधानीमा बसोबास गर्ने एमालेका कार्यकर्ताहरुको संगठन सिन्धु काठमाडौ सम्र्पक मञ्चको अधिवेशन समेत सम्पन्न भएको छ ।

त्यस्तै त्रिपुरासुन्दरी, लिसंखुपाखर, जुगल लगायतका गाउँपलिका तथा नगरपालिकाहरुमा समेत भेला,बैठक र प्रशिक्षणमुलक कार्यक्रमहरु भएको एमाले जिल्ला कमिटीकी उपसचिव सुशिला पाख्रिनले जानकारी दिइन ।

स्थानीय तहमा समेतसम्भावित उमेदवारहरुको बारेमा पार्टीमा छलफल समेत सुरु भएको अध्यक्ष नेपालले बताए । एमालेले चुनाव जितेका सबै स्थानीय तहले पाँच वर्षमा गरेको महत्वपूर्ण कामहरुलाई जनताले थाहा पाउनेगरी प्रचार प्रसार गर्न पनि जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको उनले बताए ।

त्यस्तै एमालेले निर्वाचन नजितेका स्थानीय तहमा गलत कामको भण्डाफोर गर्न समेत स्थानीय पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ । स्थानीय निर्वाचन २०७४ मा दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा एमालेका उमेदवारहरु विजयी भएका थियो ।

बाह्रविसेमा युवा विद्यार्थीको सपथ

एमाले जिल्ला कमिटीको एक महिने संगठन सुद्धिढीकरण अभियान अन्तरगत नै युवा संघ र अनेरास्ववियु बाह्रविसे नगर कमिटीको नवनिर्वाचीत कमिटीहरुलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बाह्रविसे नगर पालिकाका मेयर निमफुञ्जो शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा संघ र अनेरास्ववियुका केन्द्रीय नेताहरुले सपथ खुवाएका थिए ।

विक्रम श्रेष्ठको अध्यक्षतामा ५४ सदस्य युवा संघको बाह्रविसे नगर कमिटी गठन गरिएको छ भने सुरेन्द्र तामाङको अध्यक्षतामा ४५ सदस्य अनेरास्ववियु बाह्रविस नगर कमिटी गठन गरिएको छ ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष चन्द्र थिङ र युवा संघ सिन्धुपाल्चोकका पुर्व अध्यक्ष राजकुमार सुवेदीले नवनिर्वाचीत कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी एमाले वागमती अञ्चल सदस्य एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले युवा विद्यार्थीहरुलाई अव स्थानीय निर्वाचन केन्द्रीत भएर अनुशासीत भएर पार्टी काममा लाग्न निर्देशन दिएका थिए ।

उनले भने, ‘पाँच वर्षमा हामीले बाह्रविसेमा धेरै जनपक्षीय कामहरु गरेका छौ,त्यसलाई जनस्तरसम्म अब तपाँइहरुले लैजानु पर्छ ।’

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य डिबी तामाङ,एमाले नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउत, उपाध्यक्ष कल्याणी घिसीङ, अखिल केन्द्रीय उपाध्यक्ष चन्द्र थिङ लगायत एमालेका नेताहरुले अब पार्टी एक ढिक्का भएर स्थानीय निर्वाचन केन्द्रीत हुनु पर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर