महोत्तरीमा फेला परेको बम डिस्पोज गरियो – Nepal Press

महोत्तरीमा फेला परेको बम डिस्पोज गरियो

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकी नजिकै फेला परेको बम डिस्पोज गरिएको छ ।

नेपाली सेनाको रणभिम गणको टोलीले बम डिस्पोज गरेको महोत्तरी प्रहरीले जनाएको छ । भित्र तार जोडिएको अवस्थामा झोलाभित्र प्रेसर कुकर फेला परेको थियो ।

सो शंकास्पद वस्तु स्थानीयले देखेपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीले नेपाली सेनालाई बोलाएपछि बम नै रहेको पुष्टि भएको छ । सेनाको टोलीले उक्त बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

उक्त बस्तु कसले राखेको कुरा खुल्न नसेको र अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर