ओलीको ठोकुवा- चोलेन्द्रविरुद्धको महाअभियोग संसदमा निर्णयार्थ कहिल्यै पेश हुँदैन – Nepal Press

ओलीको ठोकुवा- चोलेन्द्रविरुद्धको महाअभियोग संसदमा निर्णयार्थ कहिल्यै पेश हुँदैन

‘बार र आन्दोलनकारी वकिलले प्रचण्ड–माकुनेको अस्तव्यस्तवादी विचारको प्रतिनिधित्व गर्छन्’ 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधान न्यायाधीश चोेलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसदमा निर्णयार्थ प्रस्तुत नहुने दावी गरेका छन् ।

एमाले सम्बद्ध कानून व्यवसायीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले चोलेन्द्रविरुद्धको महाअभियोग पारित गर्नका लागि नभएर अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले ल्याइएको बताए ।

ओलीले भने,’यो महाअभियोग पारित गर्नका लागि ल्याइएको हो भन्ने भ्रममा कोही नपरे हुन्छ । यो त लम्ब्याउँदै लम्ब्याउँदै समय टार्ने हो । हेरिरहनु होला चोलेन्द्रविरुद्धको महाअभियोग कुनै पनि दिन संसदमा निर्णयार्थ पेश हुँदैन । त्यो प्रस्तुत गर्न ल्याइएकै होइन । न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउन ल्याइएको हो ।’

अध्यक्ष ओलीले चोलेन्द्रलाई महाअभियोग लगाइएकै भोलिपल्ट स्थानीय चुनाव रोक्ने दरपीठ भएको रिट निवेदन जगाइनुले पनि कम्फरटेबल अदालतका लागि ल्याइएको बताए । उनले एमाले निकट वकिलहरुलाई परमादेशीहरुको भण्डफोर गर्न समेत निर्देशन दिए ।

अध्यष ओलीले नेपाल बार एशोसियसन र आन्दोलनकारी वकिलहरुले न्यायालयमा देशलाई अस्तव्यस्त र अस्थिर बनाउने प्रचण्ड विचारको प्रतिनिधित्वि गरेको आरोप समेत लगाए । ओलीले भने–बार र केही बरिष्ठ अधिवक्तालले देशलाई अस्तव्यस्त राख्नुपर्छ भन्ने प्रचण्ड विचारको प्रतिनिधत्व गरेका छन् । प्रचण्ड–माकुने विचारको स्पष्ट प्रतिनिधित्व गरेको त्यो समूहमा एमाले निकट वकिल सहभागी हुन मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर