हुम्ला एमाले अधिवेशनः अध्यक्षमा हमाल निर्वाचित – Nepal Press

हुम्ला एमाले अधिवेशनः अध्यक्षमा हमाल निर्वाचित

सुर्खेत । एमाले हुम्लाको अधिवेशनबाट अध्यक्षमा कलबहादुर हमाल निर्वाचित भएका छन् । हमाल एमाले प्रदेश कमिटिका सदस्य समेत हुन् ।

फागनु ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनमा उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित भएका छन् ।

विधानतः ९० सदस्यीय जिल्ला कमिटि घोषणा गर्नुपर्नेृमा समायोजन भन्दै १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले हुम्लाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर