संगठन विस्तारलाई राप्रपा नेपालले दियो तीव्रता, विभिन्न जिल्लामा कार्यसमिति गठन – Nepal Press

संगठन विस्तारलाई राप्रपा नेपालले दियो तीव्रता, विभिन्न जिल्लामा कार्यसमिति गठन

काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ ।

राप्रपा नेपालले कास्की जिल्ला कार्यसमिति गठन गरेको छ । कास्कीका शिव कुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।

सदस्यहरुमा सूर्य प्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुक बहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला र कृष्ण प्रसाद बाँस्तोला रहेका छन् ।

यस्तै लिलाधर गौतम, दिपक सुनार, अनुज अधिकारी हमाल, बीर बहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, स्वीटी के।सी। सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेक बहादुर जलरी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छविलाल लामिछाने पनि सदस्य रहेका छन् ।

यस्तै बाँके जिल्लाको संयोजकमा दिपेन्द्र बहादुर सिंह, हुम्ला जिल्लाको संयोजकमा सुमन रावत तथा चितवनको जिल्ला संयोजकमा विष्णु खराललाई तोकिएको छ । अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति निर्माण गर्ने राप्रपा नेपालका नेता राजाराम बर्तौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर