प्रज्ञा परिसरमा नेकपा एसको खवरदारी सभा (तस्बिरहरु) – Nepal Press

प्रज्ञा परिसरमा नेकपा एसको खवरदारी सभा (तस्बिरहरु)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी विरुद्ध खवरदारी सभा गरेको छ ।

प्रज्ञा भवन कमलादीमा एकीकृत समाजवादीमा आवद्ध जनसंगठनहरुले खवरदारी सभा आयोजना गरेका हुन् ।

सभामा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका अर्का नेता लिलामणी पौडेल, पूर्वाधारविद् डा. सूर्यराज आचार्य, विश्लेषक खगेन्द्र प्रसाईं लगायतको सहभागिता रहेको छ ।

सरकारमा सहभागी दल एकीकृत समाजवादीले एमसीसी टेबल गर्न सहमति दिएपनि जस्ताको त्यस्तै पारित गर्ने विषय नकार्दै आएको छ ।

संसदमा एमसीसी टेबल भएपनि समाजवादीसँगै नेकपा माओवादी केन्द्र विपक्षमा रहेको छ ।

तस्बिरहरु – उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर