डिलासैनी पालिका विवाद सल्टियो, केन्द्र धामीगाउँ मै राखेर काम गर्न सरकारको पत्राचार – Nepal Press

डिलासैनी पालिका विवाद सल्टियो, केन्द्र धामीगाउँ मै राखेर काम गर्न सरकारको पत्राचार

काठमाडौं । बैतडी जिल्ला डिलासैनी पालिकाको केन्द्र विवाद सल्टिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (सचिवस्तर) ले निर्णय गर्दै पालिका केन्द्र धामीगाउँबाट नै सञ्चालनका लागि पत्रचार समेत गरेको छ ।

तत्कालिन समयमा वडा नम्बर ७ धामीगाउँनै केन्द्र हुने निर्णय भएपनि जननिर्वाचित केही प्रतिनिधि र केही राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थ अनुरुप वडा नम्बर ३ मा सम्पर्क कार्यालय स्थापना गरी कामकाज हुँदै आएको थियो ।

पछि सिमित नेता र जनप्रतिनिधिहरुले सम्पर्क कार्यालयलाई नै केन्द्र बनाउन सरकारलाई प्रस्ताव गरेकाे थियो । सो प्रस्ताव २०७७ मंसिर २१ गतेको मन्त्रिपरिषद्मा पेश भएको थियो । तर पछि २०७८ साल जेठ ३१ गते सरकार परिवर्तन भएपछि उक्त प्रस्ताव फिर्ता भएको थियो ।

सरकारबाट केन्द्र हेरफेर सम्बन्धि कुनै निर्णय नै नभएकाले पालिकाको वडा नम्बर ७ साविकको डिलानैनी गाविस रहेको भवनबाट सञ्चालन गर्न गर्न निर्णय भएको मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले बताए ।

निर्णयसँगै यसअघि सम्पर्क कार्यालयको नामबाट सञ्चालन भइरहेको कामहरु अब केन्द्र रहेको स्थान डिलासैनी ७ बाट नै सञ्चालन हुनेछन् ।

पालिकाको केन्द्र सम्बन्धि लामो विवादका कारण त्यहाँका नागरिक अगुवा विभिन्न दल आन्दोलित बनेका थिए ।

केन्द्र धामीगाउँमा नै हुने निर्णपछि नेपाली कांग्रेस डिलासैनीका सभापति जयराज जोशीले जनताले न्याय पाएको प्रतिक्रिया दिए । पालिका केन्द्र जवरजस्ती कुनै पार्टीको नेताको घर नजिक राख्ने प्रपञ्च विफल भएको र जनताको जित भएको उनको भनाई छ ।

यस्तै नेकपा एमालेका नेता सन्तोष जोशीले न्यायिक अभियानले सार्थकता पाएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता लक्ष्मी जोशीले आज डिलासैनीका जनताको जित भएको बताएका छन् । यो निर्णयसँगै जनताको आपसी सांस्कृतिक सम्बन्ध भत्काउनेहरुको हार भएको उनको प्रतिक्रिया छ ।

माओवादी केन्द्रका अर्का नेता विरेन्द्र धामीले क्षणिक झुठ धेरै नटिक्ने भन्दै जनताको जित भएको बताएका छन् ।

एमाले नेता गोविन्द गिरीले आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब देखि सम्पर्क कार्यालयको नामबाट संचालन भएको सम्पूर्ण कार्यहरू धामीगाउबाट नै संचालन हुने बताएका छन् ।

यस्तै माओवादी केन्द्रका अर्का नेता तीलक मालले न्याय कहिले मर्दैन भन्ने सन्दशे यो निर्णयले गरेको बताए । उनले अहिलेको सरकार र नागरिक आन्दोलनमा सहभागीहरुलाई धन्यवाद दिएका छन् ।

उनले अभियानमा सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *