उड्नै लागेको विमानको ढोकामा अनधिकृत व्यक्ति पुगेको घटना छानबिन गर्न समिति गठन – Nepal Press

उड्नै लागेको विमानको ढोकामा अनधिकृत व्यक्ति पुगेको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनापासपोर्ट र भिसा अनधिकृत व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न समिति बनाइएको छ ।

गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ ।

फागुन ९ गते कतार उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा एक व्यक्ति बिनाकागजात पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *