एमएसओहरुप्रति विज्ञापन बोर्ड कठोर,फेसबुक र ओटिटीका विज्ञापनप्रति मौन – Nepal Press

एमएसओहरुप्रति विज्ञापन बोर्ड कठोर,फेसबुक र ओटिटीका विज्ञापनप्रति मौन

काठमाडौं । सरकारले एमएसओ तथा एलएसओहरुलाई टेलिभिजनमा क्लिन फिड लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

विज्ञापन बोर्डले बिहीबार प्रेस विज्ञप्ती जारी गर्र्दै विदेशी टेलिभिजनहरुमा विज्ञापनसहित प्रसारण तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

बोर्डले अनुगमनको क्रममा एमएसओ तथा एलसीओले विदेशी टेलिभिजनहरुमा विज्ञापनसहित गैरकानुनीप्रसारण गरेको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले बताए ।

‘विदेशी टेलिभिजनमा विज्ञापनसहित प्रसारण नरोके विज्ञापन नियमन गर्ने ऐन २०७६को दफा २५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउछौं ।’ जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड)’ प्रसारण गर्नुपर्ने व्यवस्था छ ।

विज्ञापन बोर्डले एमएसओ तथा एलएसओहरुलाई टेलिभिजनमा क्लिन फिड लागु गर्न कठोर सूचना जारी गरिरहदा फेसबुक,ओटिटी प्लेटफर्म लगायत सामाजिक सञ्जालबाट भइरहेका विज्ञापन प्रसारण रोक्न भने अहिलेसम्म कुनै कदम चालेको छैन । ती प्लेटफर्मबाट अर्बौ रुपैया बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *