खेलकुद परिषद् विघटन गर्ने लुम्बिनी प्रदेशको निर्णय – Nepal Press

खेलकुद परिषद् विघटन गर्ने लुम्बिनी प्रदेशको निर्णय

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् विघटन गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेदेखि नै कामबिहीन बनाइएको प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिमा अब नयाँ व्यक्तिलाई नियुक्ति गर्ने बाटो खुलेको हो ।

सरकारले यसका लागि अध्यादेश पास गरिसकेको छ । सात महिनाअघि एमाले नेतृत्वको सरकारले अघिल्लो सरकारले ती क्षेत्रमा गरेको नियुक्तिलाई हटाइएमा अदालतबाट पुनः आउनसक्ने आशंकामा सरकारले उनीहरुलाई सात महिनादेखि निष्क्रिय बनाएर अहिले अध्यादेश पास गरेपछि परिषद विघटन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद परिषद बिघटन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले कर्मचारी आन्तरिक पर्यटन काज कार्यक्रम (सञ्चालन तथा कार्यविधि) २०७८ स्वीकृत गर्नुका साथै कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि,२०७८ स्वीकृत गरेको मुख्यमन्त्री कुल प्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिएका छन् । कार्यविधि स्वीकृत भएसँगै कर्मचारीलाई पर्यटन बिदा लिने बाटो खुलेको छ ।

त्यस्तै बैठकले प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धमा बन्ने विधेयकको अवधारणा पत्रलाई सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर