उड्नै लागेको विमानको ढोकामा अनधिकृत व्यक्ति पुगेपछि निगमका विमानस्थल सुरक्षा हाकिम निलम्बित – Nepal Press

उड्नै लागेको विमानको ढोकामा अनधिकृत व्यक्ति पुगेपछि निगमका विमानस्थल सुरक्षा हाकिम निलम्बित

मन्त्री आलेको निर्देशनपछि क्याप्टेन विजय लामाको संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं । नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए ।

निगमले तत्कालै क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ । छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।

निगमको 9N-ALY, Airbus ३३० जहाज दोहा उड्ने क्रममा गत फागुन ९ गते जहाजको ढोकामा बोर्डिङपास र सुरक्षा चेकजाँचबिनाका शंकास्पद व्यक्ति भेटिएका थिए ।

सो घटनाले विमानस्थल सुरक्षामै प्रश्न उठेपछि निगमलाई छानबिनका लागि मन्त्री आलेले निर्देशन दिएका थिए । छानबिन समितिलाई शुक्रबारसम्मको समय दिइएको छ ।

गत सोमबार (९फागुन) राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा एक शंकास्पद व्यक्ति विना बोर्डिङपास भेटिएका थिए ।

शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागेका थिए । ती व्यक्ति रौतहटका १८ वर्षीय हस्पम आलम रहेको निगमले जनाएको छ । उनी मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *