सुदेश पराजुलीको कटाक्ष- रामकुमारी झाँक्रीलाई मन्त्री पदले विक्षिप्त बनायो – Nepal Press

सुदेश पराजुलीको कटाक्ष- रामकुमारी झाँक्रीलाई मन्त्री पदले विक्षिप्त बनायो

झाँक्रीलाई फिर्ता बोलाउन जनसंगठनको माग, मन्त्रीहरू अमेरिकी डलरमा बिकेको आरोप

काठमाडौं । नेकपा एसनिकट जनवर्गीय संगठनहरूले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई सरकारबाट फिर्ता बोलाउन नेतृत्वमाथि दबाब दिएका छन् । मोर्चा संगठन प्रमुख विजय पौडेलको उपस्थितिमा भएको बैठकमा उनीहरूले झाँक्रीलाई मत्रीबाट हटाउन माग गरेका हुन् ।

झाँक्रीले पार्टीको नीति र निर्णयविपरीत एमसीसीको पक्षमा वकालत गरेको र एमसीसीविरुको आन्दोलनको विरोध गरेको भन्दै उनीहरूले राजीनामा मागेका हुन् । युवा संघका अध्यक्ष नरेश शाही, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलगायतले सो बैठकमा बोलेका थिए ।

यसैबीच नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सार्वजनिकरूपमै मन्त्री झाँक्रीलाई मन्त्री पदले विक्षिप्त बनाएको टिप्पणी गरेका छन् ।

एमसीसीविरुद्ध लालटिन जुलुसपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले भने, ‘रामकुमारी झाँक्रीलाई मन्त्री पदले विक्षिप्त बनायो । झाँक्रीलाई सरकारमा बसेर पार्टी नीति विपरित बोल्न छुट छैन । यदि हाम्रा मन्त्रीहरू अमेरिकी डलरमा बिकेका हुन् भने तिनीहरूलाई सरकारबाट फिर्ता बोलाइनुपर्छ ।’

नेकपा एसका मन्त्रीहरू एमसीसी पास गर्नु पर्ने पक्षमा उभिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर