युक्रेनबारे नेपालले भन्यो- सार्वभौम मुलुकमाथि बल प्रयोगको विपक्षमा छौं – Nepal Press

युक्रेनबारे नेपालले भन्यो- सार्वभौम मुलुकमाथि बल प्रयोगको विपक्षमा छौं

काठमाडौं । नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयमता अपनाउन पनि आग्रह गरेको हो ।

रुस–युक्रेनबीचको तनावलाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै युक्रेनको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । नेपालले तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयम अपनाउन अपिल छ ।’

संयुक्त राष्ट्र सघं सदस्य नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य देशले पूर्ण पालना र सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

विप्तिप्तीमा भनिएको छ, ‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो। नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *