अनेरास्ववियु जाजरकोटको अध्यक्षमा भारती, सचिव आचार्य – Nepal Press

अनेरास्ववियु जाजरकोटको अध्यक्षमा भारती, सचिव आचार्य

सुर्खेत । नेकपा एमालेनिकट अनेरास्ववियु जाजरकोटको नेतृत्व चयन भएको छ । १२ औं जिल्ला अधिवेशनबाट नवगठित कमिटीको अध्यक्षमा विवश भारती चयन भएका छन् ।

उपाध्यक्षमा प्रकाशमान सिंह, सचिवमा महेन्द्र आचार्य, सहसचिवमा योगेन्द्र शाही चयन भएका छन् । त्यस्तै सहसचिवमा गणेश सिंह, रामु सिंह र छवि राना तथा कोषाध्यक्षमा सम्झाना थापा चयन भएको अनेरास्ववियु जाजरकोटले जनाएको छ ।

जाजरकोटमा ३३ सदस्यीय कमिटी गठन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर