आजको संसदमा एमसीसीबारे छलफल, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने – Nepal Press

आजको संसदमा एमसीसीबारे छलफल, अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई आजदेखि छलफलमा लगिने भएको छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।

८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।

दलहरुबीच एमसीसीका बारेमा साझा धारण बनाउने प्रयास भइरहेको छ । तर सत्तारुढ दलबीच नै यसबारे मत बाझिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ ।

एमसीसीकै कारण सत्तागठबन्धनसमेत धरापमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर