अवैध रुपमा औषधि विक्रि-वितरणमा संलग्न दुईसहित ७ जना सेवनकर्ता पक्राउ – Nepal Press

अवैध रुपमा औषधि विक्रि-वितरणमा संलग्न दुईसहित ७ जना सेवनकर्ता पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका १९ बिराटचोकमा संञ्चालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठूलो परिणामको अवैध औषधिसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मेडिकल सञ्चालकसहित औषधि खरिद गरी लागूऔषधको रुपमा प्रयोग गर्ने अन्य सात जनालाई समेत नियन्त्रणमा लिएको छ ।

उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अवैध रुपमा महंगो मूल्यमा लागूऔषध दुर्ब्यसनीमा लागेका व्यक्तिलाई औषधि अनाधिकृत रुपमा विक्रि वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नविनराज राईका अनुसार पक्राउ पर्नेमा मेडिकल सञ्चालक सुन्दरहरैचा नगरपालिका १० का ४५ वर्षका शुसिल काफ्ले र उनकी श्रीमती ३२ वर्षीया गोमा कार्की रहेका छन् ।

यस्तै सेवनकर्ता सुन्दरहरैचा १ का २३ वर्षका सनम खवास, सुन्दरहरैचा १० का ३० वर्षका अरुण राई, ३५ वर्षका सनम तामाङ, सुन्दरहरैचा ९ का २४ वर्षका सुवास राई, २२ वर्षका जुसन सुनाम, ३१ वर्षका निमेस परियार र ३४ वर्षका अनुप खड्का रहेका छन् ।

उक्त दुईवटा मेडिकलबाट प्रहरीले SPASPAIAN- ४४,३७० चक्की, ANTI KOF- १७,६२० चक्की, NEAURIN-75- १८,९२३ चक्की, PRE-Z-75- १,२०० चक्की र APABALIN-75- १४,६००० चक्की बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर