एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश – Nepal Press

एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश

काठमाडौं । डोटीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालले डाेटीको सायल गाउँपालिका-४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप-सचिव गणेश बिठाडीलाई स्वागत गरेका हुन् ।

यस्तै नेविसंघ डोटीका हेमन्त मन्नी र केदार गाउँपालिका ३ का वडा अध्यक्ष भिम बहादुर विष्टलाई पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठ, पाेलिटब्यूरो सदस्य प्रेमबहादुर आले, पार्टी सचिव रामकुमारी झाँक्री,  जिल्ला कमिटी डाेटी उपाध्यक्ष महेन्द्र थापा तथा उपसचिव भक्तबहादुर साउदकाे उपस्थिति थियो ।


प्रतिक्रिया

One thought on “एमालेबाट निर्वाचित वडाध्यक्षसहित डोटीका दजर्नौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश

  1. अब पनि सकिन लागेकाे एसमा प्रवेश गर्नु भनेकाे आफ्नाे राजनीति सिध्याउनु हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर