नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई – Nepal Press

नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै सेमिफाइनलमा शानदार जितसहित विश्वकपको यात्रा तय होस भन्ने शुभकामना दिएका छन् ।

उनले भनेका छन्, ‘अज भएको टी—२० विश्वकप ग्लोवल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएर नेपाललाई सेमिफाइनल प्रवेश गराउन सफल सम्पुर्ण नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई । नेपाली क्रिकेट टिमले अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफल रहोस् सफलताको अग्रिम शुभकामना !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *