प्रमुख प्रतिपक्षको अवरोधबीच एमसीसी टेबल गर्नु आपत्तिजनक : भीम रावल (भिडिओ) – Nepal Press

प्रमुख प्रतिपक्षको अवरोधबीच एमसीसी टेबल गर्नु आपत्तिजनक : भीम रावल (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताए ।

‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ ।’

एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर