एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ) – Nepal Press

एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्ने नेकपा एसको निष्कर्ष (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर